केन विलियम्सन बने न्युजिल्याण्ड क्रिकेट टोलीका कप्तान

620
  •  
  •  
  •  

kane-williamsonकाठमाडौँ, १६ बैशाख(एजेन्सी) : न्युजिल्याण्डका स्टार ब्याटस्म्यान केन विलियम्सन न्युजिल्याण्ड क्रिकेट टोलीका कप्तान बनेका छन् । क्रिकेटका तीन वटै ढाँचामा २५ वर्षीय केनलाई कप्तानीको जिम्मेवारी दिइएको हो ।

केनले टि-२० र एकदिवसीय दुवै ढाँचामा कप्तानी गर्दै आएकोमा ब्राण्डम म्याकुलमले पनि सन्यास लिएपछि टेष्ट समेत उनलाई कप्तान बनाइएको छ । म्याकुलमले गत फ्रेबुअरीमा भएको अष्ट्रेलियिविरूद्वको टेष्ट श्रृंखलापछि सन्यास लिएका थिए ।

केनले आफ्नो कप्तानी क्षमता पनि देखाइसकेका छन् । भारतमा भएको टि-२० विश्वकप क्रिकेटमा केनले टोलीलाई सेमिफाइनलसम्म पुर्‍याउन सफल भएका थिए । केनले आफूले आफ्नो दिग्गजहरूबाट धेरै सिकेको र म्याकुलमको जिम्मेवारी आफ्नो काँधमा आएपछि त्यसलाई पूर्ण जिम्मेवार रहेर अगाडि बढ्ने बताएका छन् ।

उनले आफ्नो क्रिकेट टोलीमा राम्रा क्रिकेटरहरू भएको र आफ्ना वरीपरी रहेर आफूलाई मार्गदर्शन गर्ने व्यक्ति पनि राम्रो रहेकाले काम गर्न सहज हुने बताएका छन् ।

केनले आगामी जुलाई-अगस्तमा दक्षिण अफ्रिकामा हुने जिम्बाब्बे र दक्षिण अफ्रिकाविरूद्वको टेष्टको नेतृत्व गर्नेछन् ।


  •  
  •  
  •