स्वास्थ्य चौकीमा औषधीको अभाव

256
  •  
  •  
  •  

कन्चनपुर, १८ पुस (ओएनएस): स्वास्थ्य चौकीमा औषधीको अभाव देखा परेको छ । वेदकोट नगरपालिका वडा – ७ मा रहेको सुडा स्वास्थ्य चौकीमा औषधीको अभाव देखा परेको जनाएको छ ।

ईन्सेक जिल्ला शाखा कन्चनपुर र मानवअधिकार निगरानी समुह कन्चनपुरले आयोजना गरेको स्वास्थ्य अधिकार अबस्था र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा कार्यक्रममा औषधीको अभाव भएको जनाएकाे छ । सुडा स्वास्थ्य चौकीमा सिटामोल, आईरन चक्की, लगएतका औषधीको अभाव देखा परेको ईन्सेक जिल्ला प्रतिनिधी कन्चनपुर कोमलनिरञ्जन भाटले ओएनएसलाई जानकारी दिएका छन् ।
स्वास्थ चौकीमा देखा परेका समस्याहरु स्थानिय स्तरमा कसरी समस्या समाधान गर्न सकिन्छ र स्थानिय निकायले सम्बोधन गर्न नसेकेका समस्याहरुलाई माथिल्लो निकायसम्म पुर्याउन के गर्ने भन्ने बारेमा छलफल गरिएको थियो । छलफलमा स्वास्थ्य व्यबस्थापन समितीका पदाधीकारीहरु, स्वास्थ्यकर्मी ,महिला स्वास्थ्य स्वयमसेविका,स्थानिय वडाका जनप्रतिनिधीहरुबीच छलफल गरिएको भाटले जनाएका छन् ।

स्वास्थ्य संस्थाले प्रदान गरिएको सेवा सुबिधाका र समस्याका बारेमा सुडा स्वास्थ्य चौकीका सिनियर अहेव तिलक चापागाईले जानकारी गराएका थिए । कार्यक्रमका स्वास्थ्य चौकी व्यवस्थापन समितिका सुडाका अध्यक्ष वीरवहादुर डगौराले स्वास्थ्य सेवा सुधार गर्नका लागी वडा कार्यालयवाट आवश्यक पहल गर्ने र सम्बोधन हुन नसकेका समस्याहरुलाई नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय हुँदै सरोकारवाला निकाय सम्म पुर्यान पहल गर्ने बताएका छन् ।


  •  
  •  
  •