गायक गन्धर्वलाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार’

175
  •  
  •  
  •  

काठमाडौं । नेपाली सांगीतिक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापना गरिएको ‘कन्हैया– अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८०’ वरिष्ठ गायक एवम् वाद्यवादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको छ।

राजधानीमा एक कार्यक्रम गरी नगद ५१ हजार राशीको उक्त पुरस्कार कवि तुलसी दिवस संगीतकार शम्भुजीत बासकोटा, गायिका चन्द्रकला शाह, गीतकार विश्व बल्लभ, गायक कन्हैया सिंह लगायतले गन्र्धवलाई प्रदान गरेका हुन्। कार्यक्रम टिका गोपाल डिजिटल एम कृयसन प्रालिले आयोजना गरेको हो।

नेपाली लोकगीत तथा सुगम संगीतमा आफ्नो सम्पूर्ण जीवनलाई समर्पण गरेका संगीतकर्मी एवम् अग्रज तथा वरिष्ठ सारंगी बाधक कृष्णबहादुर गन्धर्व नेपाली लोकगीत संगीत एवम् सुगम संगीतको विकासमा अनवरत रुपमा योगदान दिँदै आएका व्यक्ति हुन्।

कार्यक्रममा सम्मानित स्रष्टा गन्र्धवले सारंगीमा आफ्ना लोकप्रिय गीत गाएर सुनाएका थिए। यो पुरस्कार स्थापनापछि पहिलो पटक पुरस्कृत भएकी गायिका चन्द्रकला शाहले उक्त पुरस्कारबाट पाएको पैसाले आफ्नो पहिलो किताब प्रकाशन गरेकी छिन्। गायिका शाहको उक्त गीत र गजल संग्रह कार्यक्रमको तेस्रो संस्करणको अवसर पारेर आइतबार नै सार्वजनिक गरिएको छ।

 


  •  
  •  
  •