विनाकारण यौन दुव्र्यवहारको आरोपमा मुछिएपछि काभानगसँग ट्रम्पले मागे क्षमायाचना

काभानगसँग झूटा आरोपले चोट पुगेको भन्दै अमेरिकी जनताका तर्फबाट माफी मागेका हुन्
667
  •  
  •  
  •  

काठमाडौं, २४ असाेज (एजेन्सी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीश ब्रेट काभानगसँग माफी मागेका छन्  । यौन दुव्र्यवहारको आरोप खेपेका काभानगसँग उनले अमेरिकी जनताका तर्फबाट ‘राजनीतिक तथा व्यक्तिगत लाञ्छनापूर्ण झूटा अभियान’ का निम्ति क्षमायाचना गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

एक साता लामो विवादपछि अनुमोदित काभानगको शपथ ग्रहणको समारोहमा बोल्दै ट्रम्पले ‘राष्ट्रसेवामा अग्रसर व्यक्तिहरूको सम्मान र उचित मूल्यांकन हुनुपर्ने’ बताए । शपथ ग्रहण समारोहमा ट्रम्पले भने, ‘काभानग र उनका परिवारसमक्ष लाञ्छनाका कारण पुगेको पीडा र चोटका निम्ति अमेरिकी जनताका तर्फबाट माफी चाहन्छु ।’

अमेरिकी सिनेटमा शनिबार भएको मतदानलाई काभानगको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । सिनेटबाट अनुमोदनसँगै उनी आजीवन सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका हुन् ।

काभानगविरुद्ध केही महिलाले यौन दुव्र्यवहारको आरोप लगाएपछि उनी निकै विवादमा परे । आरोपी क्रिस्टिन ब्लाजे फोर्डले सिनेटमा काभानगले आफूमाथि यौन हमला गरेका आरोप लगाएकी थिइन् । तर काभानगले ती सबै आरोप झूटा भएको दाबी गर्दै आएका छन् । ट्रम्पले क्याभानोको पक्ष लिँदै विपक्षी दलले झूटा विवरणको अभियान चलाएको दोष लगाएका थिए ।

कार्यक्रममा बोल्दै काभानगले आफू न्यायाधीशमा अनुमोदित हुने प्रक्रियामा भएको मतभिन्नताले आफ्नो कार्यसम्पादनमा कुनै पनि असर पर्न नदिने स्पष्ट पारे । आफूविरुद्ध लागेका आरोपको उच्चारण नगरीकनै काभानगले ‘आफूले महिलाको सधैं प्रोत्साहन गर्ने गरेको’ दाबी गरे ।

भ्कभधब एबकबि


  •  
  •  
  •