दीक्षितलाई थुन्नुको कारणसहित अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

277
  •  
  •  
  •  

काठमाडौँ, १६ बैशाख(ओएनएस) : सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि सोमबार उपस्थित गराउन आदेश दिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अन्तिम सुनुवाईका लागि बन्दीसहित सोमबार उपस्थित गराउने आदेश दिएको हो । साथै अदालतले दीक्षितलाई थुन्नुको कारणसहित आउन अख्तियार, आयुक्त लोकमानसिंह कार्की र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । आदेशमा भनिएको छ, ‘सोमबार दिक्षितसहित लिखित जवाफ लिएर हाजिर हुनु ।’

अकुत सम्पत्ति कमाएको आरोपमा दीक्षितलाई पक्राउ गरेपछि उनकी पत्नी शान्ताले प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, सतिशकृष्ण खरेल, हरिहर दाहाल तथा अभिवक्ताहरु दीनमणि पोखरेल, टिकाराम भट्टराई र ओमप्रकाश अर्याल लगायतले बहस गरेका थिए ।


  •  
  •  
  •