अख्तियारद्वारा पत्रकार कनकमणि दिक्षित पक्राउ

1072
  •  
  •  
  •  

kanakकाठमाडौं १०वैशाख  (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणी दिक्षितलाई पक्राउ गरेको छ। गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेको हो । आयोगबाट खटिएको प्रहरी टोलीले पत्रकार दिक्षितलाई पक्राउ गरेको हो ।

उनको बयान चित्तबुझ्दो नभएको भन्दै पक्राउ गरेको स्रोतले जनाएको छ। उनलाई पाटन ढोकाबाट पक्राउ गरिएको हो ।

दिक्षितलाई पक्राउ गर्न करिब २ दर्जन प्रहरीसहित अख्तियारका अधिकारीहरू पाठनढोकास्थित दिक्षित निवास आएका थिए।

दिक्षितलाई थमाइएको पक्राउ पूर्जिमा लेखिएको छ- ‘तपाईँ कनकमणि दिक्षितविरूद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको भ्रष्टाचारको कसुरको अभियोगमा अनुसन्धान गर्नुपर्ने देखिन आएकोले यो पूर्जि लिइ आउने प्रहरी कर्मचारीका साथ लागि आउनुहोला। अन्यथा तपाईँलाई निजहरूले नछाडि ल्याउनेछन्।’

उनीमाथि अख्तियारले केही अघिदेखि सम्पती छानबिन थालेको हो । उनी साझा यातायातका अध्यक्षसमेत हुन् ।


  •  
  •  
  •