‘कम्पन’ को दोश्रो संस्करण न्यूयोर्कमा लोकार्पण

130
  •  
  •  
  •  

काठमाडौं, ३० वैशाख(ओएनएस) : पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक ‘कम्पन’को दोश्रो संस्करण न्यूयोर्कमा लोकार्पण गरिएको छ ।

न्यूयोर्कको ज्याक्सनहाइटमा रहेको मुस्ताङ थकाली किचनमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो ।

नेपाल सरकारका महावाणिज्यदूत पुष्पराज भट्टराई, बरिष्ठ पत्रकार किशोर नेपाल, कम्पनका पात्र तथा सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियार, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, कानूनविद् तथा पुस्तकका पात्र खगेन्द्र जीसी र सामाजिक व्यक्तित्व डाक्टर विनोद शाहले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
न्यूयोर्कमा रहेका नेपालीहरु र विभिन्न संघसंस्थाका व्यक्तित्वबीच पुस्तकको लोकार्पण गरिएको हो ।

पुस्तक लोकार्पणपछि महावाणिज्यदूत पुष्पराज भट्टराई, कानूनविद् खगेन्द्र जीसी र डाक्टर विनोद शाहले पुस्तक नेपालको महाभूकम्पकको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्दै पुस्तकका लेखकलाई शुभकामना दिएका थिए ।

कार्यक्रम महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
दुईचरणमा सम्पन्न कार्यक्रममा महाभूकम्पको असर र पुननिर्माणको अवस्थाबारे बहस समेत गरिएको थियो ।

पहिलो चरणको कार्यक्रमको सहजिकरण संचारकर्मी प्रदीप परियार थापाले गरेका थिए भने दोश्रो चरणको सहजिकरण संचारकर्मी सुरेश शाहीले गरेका थिए ।

कम्पनको पहिलो संस्करण गत वर्ष पूर्व प्रधानमन्त्रीहरु डाक्टर बाबुराम भट्टराई र माधवकुमार नेपाल लगायतले काठमाडौंमा आयोजित कार्यक्रमममा लोकार्पण गरिएको थियो भने विश्वब्यापी लोकार्पण मे ११ मा न्यूयोर्कमा गरिएको थियो ।

पुस्तकको दोश्रो संस्करण नेपालमा दोश्रो ठूलो भूकम्प आएकै दिन न्यूयोर्कमा लोकार्पण गरिएको थियो ।

नेपालको दोश्रो ठूलो भूकम्पमा डेढसय भन्दा धेरैको ज्यान गएको थियो ।
महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तकमा भूकम्पका पीडित, भूकम्पपछिको उद्दार र राहतमा खटिनेहरु, भूकम्पबाट बाँच्न सफल हुनेहरु लगायतका रोचक स्मरणहरु समेटिएको छ ।

दोश्रो संस्करणमा पहिलो संस्करणपछिका पुस्तकका समीक्षाहरु र भूकम्पको इतिहासलाई पनि समेटिएको छ ।


  •  
  •  
  •