राप्रपाका अध्यक्ष थापासहित एक दर्जन नेता कार्यकर्ता पक्राउ

178
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख(ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित एक दर्जनभन्दा बढि नेता कार्यकर्तालाई पक्राउ परेका छन् ।

फाइल तस्बिर

शान्तिबाटिकामा राप्रपाले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले थापासहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा थापासहित बरिष्ठ नेता बुद्धिमान तामाङ, दिपक बोहोरासमेत रहेका छन् । काठमाडौंको रतनपार्कस्थित शान्तिबाटिकामा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले धर्म निरपेक्षताको ब्यानर जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरु सहभागी थिए । राजतन्त्रको पुनर्बहाली र धर्म निरपेक्षताको खारेजी लगायत २२ बुँदे माग राख्दै राप्रपाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएसँगै राप्रपा लगातार संघर्षमा छ ।

संविधानमा भएको धर्म निरपेक्षतासम्बन्धी प्रावधानप्रति असन्तुष्टी जनाउँदै शुक्रबार देशका विभिन्न जिल्लामा ‘धर्म निरपेक्षता’ लेखिएको प्ले कार्ड र ब्यानर जलाएको छ ।


  •  
  •  
  •