राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप

437
  •  
  •  
  •  

काठमाडौं, २५ चैत(ओएनएस) : सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग राख्दै प्रदर्शनमा उत्रिएको राप्रपा कार्यकर्ता र प्रहरीबीच सोमबार झडप भएको छ । राप्रपाले रत्नपार्कदेखि शुरु भएको प्रदर्शन पद्मोदय मोडमा आई कोणसभा गरेको थियो ।

नेताहरुले भाषण गरिरहेका बेला कार्यकर्ताले सडक अवरुद्ध गर्न पुगेपछि झडप भएको हो । एकाएक सवारी आवागमन सञ्चालन गरेपछि राप्रपा अध्यक्ष कमल थापाले कार्यकर्तालाई बन्द गर्न निर्देशन दिएका थिए । लगत्तै राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । त्यसक्रममा केही घाइते भएका छन् ।

 


  •  
  •  
  •