काठमाडौं, १६ (ओएनएस) । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौको सडक विस्तार गर्ने शाहस लिएकोे भन्दै एकीकृत माओवादीका वरिष्ठ नेता डा बावुराम भट्टराईलाई संसदमा धन्यवाद दिएका छन् । संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गरेको भन्दै राष्टपति डा रामबरण यादवलाई धन्यवाद ज्ञापन गर्ने प्रस्तावमाथिको छलफलका क्रममा उनले बावुराम भट्टराइको प्रसंशा गरेका हुन । ‘
आफ्नो कलेजको सहपाठी र राजनीतिक रुपमा फरक दृष्टिकोण राख्ने व्यक्ति भए पनि प्रधानमन्त्रीका रुपमा बावुरामले गरेको कामको वर्षौंसम्म स्मरण गर्ने उनले बताए । ‘म पनि ६ पटक सम्म राजा र अन्य प्रधानमन्त्रीको मन्त्रीमण्डलमा बसेर काम गरेको छु’, थापाले भन, ‘तर तपाइको अठोट र शाहसको प्रसंशा गर्नुपर्छ ।’ उनले प्रसंशा गरिहँदा संसदमै उपस्थित बाबुराम मुस्कुराएका थिए ।