हिन्दुराज्य स्थापित हुनुपर्छ : अध्यक्ष कमल थापा

96
  •  
  •  
  •  

kamal-thapa1रूपन्देही, १३ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले हिन्दु राज्य स्थापना हुनुपर्नेमा जोड दिएका छन् । शनिवार बुटवलमा आयोजित कार्यक्रममा उनले अब बन्ने संविधानमा हिन्दु राष्ट्र सुनिश्चित हुनुपर्ने माग समेत राखे ।

हिन्दु राज्य कायम गराउन चार दिन अघि शुरू गरिएको मेचीमहाकाली पशुपतिनाथ रथयात्राको क्रममा शनिवार बुटवल आइपुगेका थापाले हिन्दुराज्य कायम गराउने अभियानलाई निरन्तर जारी राख्ने बताए । अध्यक्ष थापाले हिन्दुराज्य कायम गरी तोकिएको समयमा नै नेपाली जनताको संविधान जारी गर्नु पर्ने भन्दै धर्म निरपेक्षताका नाममा विदेशी शक्तिले हिन्दु धर्मको अस्तित्व मेटाउन लागि परेको उललेख गरे । देशलाई धर्मनिरपेक्ष घोषणा गराउन पनि विदेशी शक्तिको भुमिका रहेको उललेख गर्दै उनले एकताको सुत्र सनातन हिन्दु धर्मको रक्षाका लागि सबै लागि पर्नुपर्नेमा जोड दिए ।

धर्मनिरपेक्षता कायम भए आउने केही बर्ष भित्र नेपालमा हिन्दु धर्म अल्पमतमा पर्ने र नेपालीको पहिचान संकटमा पर्ने भन्दै उनले सबै सचेत हुनुपर्ने बताए । मुलुकमा धार्मिक द्धन्द्धको विजारोपण भएको भन्दै अध्यक्ष थापाले आफूहरुले धर्मको आधारमा शासन गर्न नखोजेको र धर्मको आधारमा कानून वन्नुपर्छ पनि नभनेको दावी गरे । देशले चाडै नै संविधान पाउनुपर्नेमा पनि उनले जोड दिए । तर केही दल र नेताहरुका कारण संविधान निर्माणमा ढिलाई भएको टिपपणी उनले गरे ।


  •  
  •  
  •