काठमाडौँ, १७ मंसिर(ओएनएस) : उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले केही दिनभित्रै देशको स्थितिमा सुधार आउने बताएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहिबार सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले भारत भ्रमण दुई देशबीचको असमदारी हटाउन सफल भएको बताएका छन् । उनले केही दिनमा नै परिणाम देखिने गरी सुधार हुने अपेक्षा रहेको बताएका छन् ।
उनले छलफलका क्रममा भारतीय अधिकारीहरूसँग खुला बहस भएको बताउँदै अहिलेको नेपाल र भारतको अवस्था संवेदशील भएको उल्लेख गर्दै धेरै चर्चामा ल्याउँदा स्थिति बिग्रन सक्ने भन्दै केही खुलाएनन् ।
उनले सीमा अवरोध र नेपालीले कयौँ महिनादेखि भोग्नुपरेको कष्ट र नेपालको राजनीतिक अवस्थाको विषयमा अत्यन्न गहन र खुल्ला रुपमा भारतसँग वार्ता भएको बताए।
थापाले दिल्लीमा भारतीय विदेश मन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए।
उपप्रधानमन्त्री थापासँगै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि काठमाडौं आएका छन्।