मधेस समस्या समाधान भए आपूर्ति अवरोध स्वत हट्छ : भारतीय विदेशमन्त्री स्वराज

384
  •  
  •  
  •  

kamal-thapa-susma-swarajकाठमाडौँ, १६ मंसिर(ओएनएस) : उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

भेटमा भारतीय विदेश मन्त्री स्वराजले भइरहेको आपूर्तीमा अवरोध तत्काल हट्ने विश्वास दिलाउँदै यसका लागि पहिले नेपालले मधेसमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्ने बताएकी थिइन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले ट्वीट गर्दै भनेका छन्, ‘नेपालले सामना गरिरहेको समस्याको आकस्मिक समाधान आवश्यक रहेको छ ।’

संविधान सभाले संविधान जारी गरेपछि असन्तुष्ट देखिएको भारतले त्यसपछि नाकाबन्दी लगाउँदै आएको छ। नाकाबन्दी खोल्नका लागि भारतीय पक्षले ‘राजनीतिक समाधान पहिला हुनुपर्ने’ बताउँदै आएको छ । भारतको राजनीतिक समाधान वाक्यांशभित्र प्रदेशहरुको सिमाङ्कन हेरफेर, नागरिकता विषय लगायत रहेका छन्।

[box type=”shadow” ]

[/box]

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •