कमल थापालाई लोकमानको धन्यवाद

100
  •  
  •  
  •  

काठमाडौं २ मंसिर ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले राप्रपा नेपालका अध्यक्ष कमल थापाको साथ पाएका छन् ।
जलविद्युत्त परियोजना सञ्चालमा क्षेत्राधिकार नाघेर हस्तक्षेप गरेको भन्दै संसदीय समितिहरुको चेपुवामा परेका लोकमानलाई अध्यक्ष थापाले साथ दिएपछि उनले धन्यवाद दिएका छन् ।

कांग्रेस नेता गगन थापा समापति रहेको जलश्रोत समितिमा नगएर आलोचित भएका लोकमानलाई थापाले सामाजिक सञ्जालमार्फत साथ दिएपछि राहत मिलेको हो ।

अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै जलविद्युत्त परियोजनाबारे अख्तियारको कामको खुलेर समर्थन जनाएपछि लोकमानले पनि ट्वीट गर्दै अध्यक्ष थापालाई धन्यवाद दिन भ्याएका छन् ।

‘लाइसेन्स लिएर वर्षौंसम्म जलविद्युत आयोजना शुरु नगर्नेहरुलाई अख्तियारले कारबाही गर्दा प्रोत्साहित गर्नुको सट्टा हतोत्साहित गर्नु उपयुक्त होईन’, अध्यक्ष थापाले आइतबार सार्वजनिक गरेको धारणा हो यो ।

थापाको यो भनाइ आएपछि लोकमानले कमल थापालार्इ मेन्सन गर्दै धन्यवाद दिएका छन् । ‘ प्रोत्साहित गर्नु भएकोमा तपाइँलार्इ धेरै धेरै धन्यवाद’, अध्यक्ष थापालार्इ मेन्सन गर्दै लोकमानले लेखेका छन् । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •