उपप्रधानमन्त्री थापा टर्की प्रस्थान

148
  •  
  •  
  •  

काठमाडौँ, ८ जेठ(ओएनएस) : विश्व मानवीय शिखर सम्मेलनमा भाग लिनका लागि उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा आज टर्कीको इस्तानबुल गएका छन् ।

संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनको आयोजनामा हुने समेलनमा उपप्रधानमन्त्री थापाका साथमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र र गृह मन्त्रालयका उच्च अधिकारी समेत त्यसतर्फ गएका छन् ।

यस्तै, परराष्ट्रमन्त्री थापा आगामी जेठ ११ देखि १३ सम्म इजरायल पुगेर त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अन्य नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम छ । उनी जेठ १७ गते स्वदेश फर्कने छन् ।


  •  
  •  
  •