मोदीले दिएनन् थापालाई भेट

189
  •  
  •  
  •  

काठमाडौँ, १७ मंसिर(ओएनएस) : मधेसमा भइरहेको आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीका सम्बन्धमा छलफलका लागि उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेट प्रयास असफल भएको छ ।

निजी भ्रमणका लागि भन्दै दिल्ली पुगेका परराष्ट्र मन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने प्रयास गरेपनि त्यो प्रयास सफल हुन सकेन र उनी आजै स्वदेश फर्कँदैछन् । दिल्लीमा थापाले भारतीय समकक्षी सुष्मा स्वराजलाई दुईपटक भेट गरेका छन् । भेटका क्रममा उनले मधेस आन्दोलन र नाकाबन्दीका सम्बन्धमा छलफल गरेका थिए । उनले समकक्षी स्वराजलाई नाकाबन्दी हटाउनका लागि आग्रह गरेका थिए  ।

तर स्वराजले पहिले घरभित्रको समस्या समाधान गरे स्वत: नाकाबन्दी खुल्ने बताएकी थिइन् ।


  •  
  •  
  •