निर्णयमा पुनःविचार गर्न प्रचण्डलाई थापाको आग्रह

222
  •  
  •  
  •  

हेटौडा, २२ बैशाख(ओएनएस) : उपप्रधान, परराष्ट्र तथा स्थानीय विकासमन्त्री कमल थापाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

मिडिया नेपालले हेटौँडामा बुधबार गरेको साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री थापाले अध्यक्ष प्रचण्डले पदको लोभमा परेर राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि आँच आउने काम गरेको आरोप लगाएका छन् । उनले एमाओवादीको प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने निर्णयलाई अप्रत्याशित एवं अनुपयुक्त भएको बताएका छन् ।

अहिलेको सरकार निकै विषम परिस्थितिमा गठन भएको भन्दै थापाले फेरि सत्ता केन्द्रित फोहोरी खेलले राजनीतिक स्थिरता र शान्तिप्रक्रियामा गम्भीर असर पुग्ने बताए ।

परिस्थितिजन्य बाध्यताका कारण आफूहरु सरकारमा सहभागी भएको भन्दै थापाले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको समीक्षा बुधबार बस्ने पार्टी केन्द्रीय कमिटि बैठकमा गरेर निर्णयमा पुगिने बताए ।


  •  
  •  
  •