फागुन पहिलो साता स्थानीय निकाय पुनःसंरचना आयोग

175
  •  
  •  
  •  

काठमाडौँ, १५ माघ(ओएनएस) : सरकारले स्थानीय निकाय पुनःसंरचना आयोग गठन गर्ने तयारी गरेको छ । उपप्रधानमन्त्री तथा स्थानीय विकास कमल थापाले फागुन पहिलो साता स्थानीय निकाय पुनःसंरचना आयोग गठन हुने बताएका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार काभ्रेको धुलिखेलमा आयोजना गरेको अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री थापाले फागुन पहिलो साता भित्रै आयोग गठन हुने र एक वर्षभित्र स्थानीय निकायको पुनःसंरचानाबारे प्रतिवेदन बुझाउने जानकारी दिएका छन् ।

उनले आयोगले तयार पारेको प्रतिवेदनले स्थानीय निकायलाई बलियो र नयाँ मार्गनिर्देश गर्ने दावी गरेका छन् ।


  •  
  •  
  •