‘शीर्ष दलको दम्भका कारण संविधान निर्माण आन्योलमा’

147
  •  
  •  
  •  

kamal-thapa1दमक, ३ चैत (ओएनएस) : कमल थापा राप्रपा नेपाल अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलको दम्भका कारण संविधान निर्माण प्रक्रिया अन्योलमा परेको बताएका छन् ।

मंगलबार बिहान दमकका सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष थापाले संविधान निर्माणमा देखिएको अवरोधले नयाँ संविधान निर्माण प्रक्रिया अन्योलमा परेको बताएका छन् ।

सत्तारूढ दलसम्बद्ध नेताले आगामी जेठ १५ गते संविधान जारी गर्ने बताउँदै आएको प्रसंगमा उनले त्यसप्रति जनतामा विश्वास नरहेको दाबी गरे ।

उनले ३० दलीय विपक्षी मोर्चा आन्दोलनमा उत्रेकाले जेठ १५ मा संविधान जारी हुने सम्भावना नरहेको बताए ।


  •  
  •  
  •