पश्चिमा मुलुकले धर्मपरिवर्तनमा नाङ्गो हस्तक्षेप गरे : थापा

172
  •  
  •  
  •  

काठमाडौं, २७ मंसिर (ओएनएस) :  राप्रपा नेपालका अध्यक्ष कमल थापाले पश्चिमा मुलुकहरुले नेपालमा नाङ्गो हस्तक्षेप गर्न थालेको भन्दै कडा आपत्ति जनाएका छन ।

अध्यक्ष थापाले केही सञ्चार माध्यमहरुले पश्चिमा आइएनजीओहरुकोडलरको प्रभावमा परेर हिन्दू धर्मको बदनाम गर्न लागिपरेको आरोप पनि लगाएका छन् ।
उनले भने–‘केही करोड डलर सहयोग दिएँ भन्दैमा हस्तक्षेप गर्न पाइन्छ ? नेपालको संविधानमा यो लेख र ऊ लेख भनेर खटनपटन गर्न पाइन्छ ?’

‘धर्म परिवर्तन गर्ने अधिकार संविधानमै लेख्नुपर्छ भनेर आदेश दिने अधिकार पश्चिमा कूटनीतिक निकायका प्रमुखहरुलाई कहाँबाट आयो ?,’ उनले प्रश्न गरे ।

उनले भने, ‘केही करोड डलर सहयोग गरेको भरमा नेपालमा आएर यहाँको सांस्कृतिक, राजनीतिक र धार्मिक अवस्थालाई भाड्नका लागि हस्तक्षेप गर्न पाईदैन । केही दिन यता पश्चिमा मुलुकका राजदुतहरुले हिन्दूधर्मको विपक्षमा अभिव्यक्ति दिएकोप्रति आक्रोश व्यक्त गर्दै भने–‘ती राजदुतहरुलाई यसरी खुल्ला रुपमा बोल्ने अधिकार कसले दियो ? यस्ता खाले अभिव्यक्ति तत्काल बन्द हुनुपर्छ । कूटनीतिक नियोगका प्रमुख र जिम्मेवारहरुले नेपालको राष्ट्रिय अस्मितामा ठाडो हस्क्षेप गर्दै बोल्न थालेको समेत थापाले बताए ।

थापाले केही नेताहरुले संविधानसभालाई चंगुलमा पारेको आरोप लगाउँदै भने–‘रातदिन बालुवावटारमा वैठक बसेर संविधानसभाको चीरहरण गर्ने काम भएको छ ।’उनले संविधानसभाका सदस्य लाचार भएर बस्न बाध्य भएको समेत बताए । ‘सभासदको भूमिका निषेध गरेर कस्तो संविधान बन्ला तपाईहरु कल्पना गर्नुहोस त?, उनले थपे ।


  •  
  •  
  •