‘नेपाल’ नामका अगाडि विशेषण जोड्नु आवश्यक छैनः कमल थापा

130
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ अगाडि विशेषण जोड्न आवश्यक नभएको बताएका छन् ।

अध्यक्ष थापाले भनेको छन्, ‘संघीयता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडि कुनै विशेषण जोड्नु आवश्यक थिएन। सरकारको निर्णय ठिक छ ।’

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘नामअगाडि रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ, ती मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।’

 


  •  
  •  
  •