अध्यक्ष थापाले भने, ‘नेपाली भूमि मिचिएकोबारे तत्काल सत्यतथ्य सार्वजनिक गर’

93
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हुम्लाको नेपाली भूमि चीनले अतिक्रमण गरेको विषयमा सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । हुम्लाको नाम्खा गाउँपालिकाको नेपाली भूमि चीनले अतिक्रमण गरेको, भवनहरु बनाएको समाचार आएकाले यसबारे तत्काल सार्वजनिक गर्न उनले माग गरेका हुन्।

बुधबार ट्वीट गर्दै उनले अतिक्रमित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन पनि उनले माग गरेका छन्।
उनले भनेका छन्, ‘हुम्ला जिल्ला, नाम्खा गाउँपालिकाको नेपाली भूमी चिनले अतिक्रमण गरेको, भवनहरू बनाएको समाचार आएको छ। यसबारे तत्काल सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछु। साथै, अतिक्रमित भूमीबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन अविलम्ब पहल गर्न समेत प्रमकेपी शर्मा ओलीको ध्यानकर्षित गर्दछु।’

हेर्नुहोस्


  •  
  •  
  •