“तीन दलको सिन्डिकेटले संबिधान लेखनमा अवरोध”

145
  •  
  •  
  •  

kamal-thapa1नेपालगन्ज, २ मंसिर (ओएनएस) : राप्रपा नेपाल अध्यक्ष कमल थापाले तीन दलको सिन्डिकेटका कारण माघ ८ गतेभित्र संविधान जारी हुने सम्भावना कम हुँदै गएको बताएका छन् ।

 नेपालगन्जमा मंगलबार बिहान राप्रपा नेपाल बाँकेले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले कांग्रेस, एमाले र एमाओवादीका कारण समयमै संविधान जारी नहुने सम्भावना कम हुँदै गएको बताए । माघ ८ भित्र संविधान जारी नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार तीन दलका नेता हुनुपर्ने अध्यक्ष थापाको भनाइ थियो ।

जनमतसंग्रह, सहमति, दुईतिहाइबाट विधि र प्रक्रिया पु¥याएर नयाँ संविधान जारी भएमा आफ्ना एन्जेडा समाहित नभए पनि आफूहरुलाई मान्य हुने उनले बताए । अध्यक्ष थापाले नयाँ संविधानमा हिन्दु धर्मको पहिचान भने हुनुपर्ने दाबी गरे ।

उनले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने धारणा राखेर कुनै पनि पक्षबाट हुने काममा राप्रपा नेपालको नैतिक समर्थन रहने बताए ।

 


  •  
  •  
  •