थापाको स्पष्टोक्ति– राजतन्त्रसहितको हिन्दूराष्ट्रको एजेण्डा छोडेका छैनौं

184
  •  
  •  
  •  

kamal-thapa-
नेपालगन्ज, १६ भदौ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डा आफ्नो पार्टीले नछोडेको बताएका छन् ।

राप्रपाले हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको नारा छोडेको आरोप लागिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पार्टीको बाँके जिल्ला कार्यसमितिद्वारा आज नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै उनले राप्रपाले आफ्नो मुख्य एजेण्डा भुलेको हल्ला मात्रै भएको बताउँदै सोही ऐजण्डामा पार्टी संगठन विस्तार गरिने प्रष्ट पारे ।

अध्यक्ष थापाले राष्ट्रवादी शक्ति र आत्मसमर्पणवादी शक्तिको टकराव नेपालको राजनीतिमा अभैm अन्त्य हुन नसकेको बताए ।

निर्वाचनको प्रसंगमा बोल्दै उनले दुई चरणमा हुने भनिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई आप्mनो दलले उच्च महत्व दिएको बताका छन् ।


  •  
  •  
  •