‘गणतन्त्र आएपछि रामराज्य हुन्छ भनेको होइन ?’

106
  •  
  •  
  •  

काठमाडौं, ३१ असार (ओएनएस) । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अर्थमन्त्री डा रामशरण महतले सिंगो देशलाई निराशा बनाएको टिप्पणी गरेका छन् । अर्थमन्त्री आफ्नै दलका सभासदसामु निरीह र लाचार रहेको उनको भनाई छ ।

मंगलबारको संसद बठैकमा उनले भने, ‘आज म एउटा अलग प्रसंग कोट्याउन चाहान्छु, गणतन्त्र आएपछि रामराज्य हुन्छ, भनेको होइन ?’ थापाले दलहरुप्रति व्यंग्य गर्दै भने, ‘जनताका सबै समस्या, रोगव्याधीको एउटै कारण त्यही निरंकुश संस्था भनिएको थियो, त्यसो हो भने सबै सुध्रेर आउनु पर्ने होइन ?’

व्यबस्थापिका संसदमा राजश्व र व्ययको बार्षिक अनुमान (बजेट) माथिीो छलफल चलिरहेको छ । अध्यक्ष थापाले सरकारले ल्याएको बजेटले महंगी, बेरोजगारी र कालोबजारी अन्त्य गर्न असफल रहेको बताए । बजेटको कुनै सैद्धान्तिक आधार नभएको जीकिरगर्दै अध्यक्ष थापाले अर्थमन्त्री अत्यन्तै द्विविदाग्रस्त रहेको टिप्पणी गरे ।


  •  
  •  
  •