नाकाबन्दीका विषयमा विश्वले राम्ररी थाहा पायो : परराष्ट्रमन्त्री थापा

144
  •  
  •  
  •  

काठमाडौं २० कात्तिक (ओएनएस) : उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालको समस्या बारे विश्वले राम्ररी जानकारी पाएको बताएका छन् । उनले नाकाबन्दी कसले किन गरेको छ ? भन्ने विषयमा पनि संसारले थाहा पाएको बताए ।

सयुक्त राष्ट्रसंघको महासभाबाट भाग लिएर फर्किने क्रममा आज अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री थापाले नेपालले पारवाहन तथा आपूर्तिमा भइरहेको अवरोध बारे आफुले शसक्त रुपमा कुरा राखेको बताए ।

‘विश्व समुदायले के कारणले, केका लागि र कसले गर्दा नेपालले समस्या भोगिरहेको छ राम्रोसँग जानकारी पायो’ थापाले भने, ‘ मलाई लाग्छ अब छिट्टै नेपालमा अवरोध भइरहेको आपूर्ति सूचारु हुनेछ । ’

नाकाबन्दीका विषयमा भारतको नाम नलिएको पत्रकाहरुको पैश्नमा भने मन्त्री थापाले कुटनीतिक जवाफ दिदै समस्या कसले गर्दा हो भन्ने विश्वले राम्ररी थाहा पाएको बताए । उनले अब छिट्टै मधेसी मोर्चासँग वार्तामा बस्ने पनि जानकारी दिए ।


  •  
  •  
  •