‘चार दलका असफल, असक्षम र भ्रष्ट दर्जन नेताका कारण संविधान बनेन’

118
  •  
  •  
  •  

kamal-thapa1काठमाडौ, २२ जेठ (ओएनएस) :  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार दलका एक दर्जन असफल, असक्षम र भ्रष्ट नेताहरुका कारण मुलुकले संविधान पाउन नसकेको आरोप लगाएका छन ।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘चार दलका एक दर्जन भ्रष्ट, असफल र असक्षम नेताहरुले संविधानसभालाई बन्धक बनाएका छन । संविधानसभालाई एक साताकोलागि स्वतन्त्र छाडिदिने हो भने मुलुकले संविधान पाउँछ । ’

संविधानका अन्र्तबस्तुमा संविधानसभामा छलफल नगरी बाहिर छलफल गरेर संविधानसभामा लाद्नु असंबैधानिक, जनविरोधी र प्रजातान्त्रिक मुल्य मान्यताविरुद्धको गतिविधी भएको दावी गर्दै थापाले भने, ‘यही हो संविधानसभाबाट संविधान जारी गर्ने विधी र प्रक्रिया ? यो काम तत्काल रोक्नुस । संविधानसभा कठपुतली खेलौना हो र ? यस्तो अप्रजातान्त्रिक कार्य तत्काल रोकिनु पर्छ । संविधान बनाउने हो भने जे छलफल गर्ने हो संविधानसभामै छलफल गर्नु पर्छ । यस्तो जालसाझीले बन्ने संविधानको भविष्य हुँदैन ।’

उनले राप्रपा नेपाल संबैधानिक राजतन्त्र, सनातन हिन्दु राष्ट्र र स्थानीय स्वशासनको पक्षमा भए पनि आफ्नो भाषा शैली अनुसारको संविधान लेखिने अवस्था नरहेकोले संविधानसभामा फरक मत राखेर अघि बढ्ने स्पष्ट पारे ।

अध्यक्ष थापाले सहमति जुटन नसकेका संविधानका विवादित अन्र्तबस्तुलाई थप छलफलकालागि सात दिन संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिमा पठाएर त्यसपछि संविधान निर्माणको प्रक्रिया सुरु गर्नु पर्ने सुझाव दिदै विगतमा पनि चार दलले संविधानसभालाई छलेको र अहिले पनि त्यो क्रम सुरु भएकोले त्यसप्रति आपत्ति प्रकट गरे।

उनले सूचना टासेर संविधानसभाको बैठक स्थागित गर्ने प्रबृत्ति प्रति आपत्ति प्रकट गर्दै भने– विगतमा पनि संविधानसभालाई यस्तै गरेर लाचार छायाँ बनाउने काम भया अहिले पनि बाहिर निर्णय गरेर संविधानसभामा लाद्ने षडयन्त्र भईरहेको छ ।

अध्यक्ष थापाले दुई तिहाई बहुमत भएको बर्तमान सरकारलाई आफूहरुले राष्ट्रिय सरकारको रुपमा बुझेको भन्दै दलहरुले भन्ने गरेको राष्ट्रिय सरकार कस्तो हो आफूले बुझ्न नसकेको बताए ।


  •  
  •  
  •