मोदीको भ्रमणलाई विवादास्पद् नबनाऔं  : कमल थापा

202
  •  
  •  
  •  

kamal-thapa

भक्तपुर, ९ साउन (ओएनएस)   : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई विवादास्पद बनाउन नहुने बताएका छन् । उनले मोदीको भ्रमण अत्यन्त महत्वपूर्ण रहेको बताए ।

भक्तपुरको रफत सञ्चार क्लबमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपालको राजनीति दुई धारमा विभाजित भएको चर्चा गर्दै ठूला तीनदलले निषेधको राजनीति गर्दा मुलुकमा समस्या पैदा भइरहेको बताए ।

उनले नेपालमा हुन लागेको भारतीय परराष्ट्रमन्त्रीको भ्रमणबाट नेपालले लाभ लिन सक्ने भएकाले खतराभन्दा लाभ लिन अग्रसर बन्नु पर्नेमाजोड दिए । परराष्ट्रनीतिमा समेत तीनदलको सिण्डिकेट लागू गरिए त्यो देशका लागि घातक रहने उनको टिप्पणी थियो ।


  •  
  •  
  •