कमल र मोनिकाको तीज गीत ‘कोरोनाले देशै खायो’(भिडियोसहित)

1433
  •  
  •  
  •  

काठमाडौं । तीज नजिकिँदै गर्दा दैनिक थुप्रै तीज गीत सार्वजनिक हुन थालेका छन् । यसैक्रममा कमल घिमिरे र मोनिका घिमिरेको नयाँ तीज गीत ‘कोरोनाले देशै खायो’ सार्वजनिक भएको छ ।

कमल घिमिरेको शब्द, संगीत रहेको गीतमा अलिफ खान, संगीता पौडेल, रेशम चेपाङ र संचिता गुरुङको स्वर रहेको छ । गीतको एजेन्ज हेमन्त शिशिरले गरेका छन् । गीतको भिडियोमा रमेश थापा, कल्पना घिमिरे, युनिका क्षेत्री र कपिल मगरको अभियन रहेको छ ।

हेमन्त शिशिरको मिक्सिङ रहेको गीतको निर्देशन रुपेश श्रेष्ठले गरेका छन् । यस्तै छायांकन वीरेन्द्र परियारले गरेका छन् भने सम्पादन अनिल विष्ट ‘प्युठानी’ गरेका छन् । गीतलाई चितेली क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हाल रोजगारीका क्रममा साउदीमा रहेका लमजुङ बेसीशहर नगरपालिका ११ का कमल घिमिरले यस अघि ‘आँशु आमाको’, ‘लाहुरेकी छोरी’, ‘खोटी कर्म’ लगायतका गीत बजारमा ल्याइ सकेका छन् । प्रवासमा रहेर पनि नेपाली गीतसंगीतलाई माया गर्ने घिमिरेले अन्य गीतहरु जस्तै यस तीज गीतलाई पनि माया गरिदिन आम दर्शक, स्रोतामाझ आग्रह गरेका छन् ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •