सिन्दुरकाे अभिनयमा मोडल कमल बिष्ट

421
  •  
  •  
  •  

काठमाडौ, १८ पुस (ओएनएस): नेपाली साङ्गितिक जगतमा उत्कृष्ट अभिनय मार्फत छुट्टै स्थान बनाउन सफल सुर्खेती मोडल कमल विष्ट फेरि दर्शकमाझ आफ्नो उत्कृष्ट अभिनयका साथ देखिएका छ्न् ।

महाबु फिल्मस प्रालिको प्रस्तुतिमा भर्खरै सार्वजनिक भएको मुस्कान घिमिरेको गीतिएल्वम “सिन्दुर”मा उनको अहिलेसम्मकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । यो गितको म्युजिक भिडियोमा अहिलेकी निकै चर्चित मोडल सारिका केसिले उनलाई साथ दिएकी छिन् । गायिका मुस्कान घिमिरेको एकल आवाजमा रहेको यो गीतको शब्द र संगित पनि गायिका घिमिरेकै रहेको छ । गीति एल्बम सिन्दुरलाई बिक्रम चौहानले निर्देशित गरेका छन् । म्युजिक भिडियोको छायाङ्कन भने प्रकाश खड्काले गरेका हुन् ।

म्युजिक नेपाल प्रा. लि. ले बजारमा ल्याएको यस गीतलाई मिलन विकले सम्पादन गरेका छन् ।माया प्रेमका निकै मार्मिक शब्दले प्रस्फुटीत यो गीतलाई धेरै दर्शक र श्रोताले साथ दिने मोडल विष्टले अपेक्षा गरेका छन् ।

 


  •  
  •  
  •