थापा र गच्छदार यसकारण गएनन् सरकारमा

143
  •  
  •  
  •  

kamal and   bijyaकाठमाडौं, ७ माघ : राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री प्रचण्डको योजना तत्काललाई टरेको छ। प्रचण्ड बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन्।

प्रधानमन्त्री प्रचण्ड थापा र गच्छदारलाई उपप्रधानमन्त्री दिन तयार थिए । उनले दुईतीन चरणमा थापा र गच्छदारसँग कुराकानी पनि गरेका थिए।

स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसबारे गच्छदार र थापासँग छुट्टाछुट्टै कुराकानी गरेका थिए। केही दिनअघि थापा र देउवालाई भेट्न उनको निवास बुढानिलकन्ठ पुगेका थिए।

स्रोतका अनुसर गच्छदार र थापा सरकारमा नजानुको प्रमुख कारण भनेअनुसार ‘हैसियत’ र मन्त्रालय नपाउनु हो। गच्छदार र थापा दुबैले प्रधानमन्त्रीपछिको मर्यादाक्रममा आफू हुनुपनेर्त दाबी गरेका थिए।

त्यस्तै उनीहरुले मन्त्रालय पनि आफूले भनेको हुनुपर्ने सर्त राखेका थिए। प्रधानमन्त्री निकट स्रोतका अनुसार गच्छदारले भौतिक पूर्वाधार र सञ्चार मन्त्रालयमध्ये एकसहित उपप्रधानमन्त्री पाउनुपेर्न दाबी गरेका थिए। त्यसैगरी थापाले परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्री दाबी गरेका थिए।

प्रचण्ड वर्तमान सञ्चारमन्त्रीलाई फिर्ता बोलाई उनको ठाउँमा गच्छदारलाई लैजान तयार छन् तर कांग्रेस सभापति देउवा भने कुनै पनि अवस्थामा वर्तमान परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई फिर्ता बोलाउने पक्षमा छैनन्।

आजको नागरिक दैनिकमा खबर प्रकाशित छ।


  •  
  •  
  •