कमल घिमिरेको ‘लाहुरेकी छोरी’ तीज गीत बजारमा(भिडियोसहित)

715
  •  
  •  
  •  

काठमाडौं । नेपाली चेलीहरुको महान चाड तीज नजिकिँदै गर्दा अहिले धमाधम तीज गीतहरु बजारमा आईरहेका छन् । तीज गीतहरुकाे भिडमा एउटा नयाँपनको स्वाद दिने तीजको भाका बजारमा आएको छ ।

कमल घिमिरे र रञ्जना थापा मगरले नयाँ तीज गीत ‘लाहुरेकी छोरी’ बजारमा ल्याएका छन्। गीत युट्युबमार्फत बिहीबार सार्वजनिक भएको छ । गीतमा सुमी गिरी र अनिश खड्काको स्वर रहेको छ ।

लय/शब्द कमल घिमिरेको रहेको छ । गीतमा राजु महोत्राकाे निर्देशन रहेकाे छ भने नृत्य निर्देशन सुवास बलाल, छायांकन र सम्पादन अनिश खड्काको रहेको छ ।

गीतको म्युजिक भिडियोमा कल्पना घिमिरे‘श्रेष्ठ’, करिस्मा खड्का र सुवास बलालको अभिनय रहेको छ।

घिमिरेको यो बजारमा आएको पहिलो एल्वम हो । घिमिरेको लोक दोहारी गीत ‘माछि तालमा छ’, देशभक्ति गीत ‘ए मेरी आमा’ लगायतका गीत बजारमा आउने तरखरमा रहेको छ ।

घिमिरेले भर्खरै बजारमा आएको तीज गीतलाई माया गरिदिनुहुन र आवश्यक प्रतिक्रिया दिनुहुन आग्रह गरेका छन् ।

हेर्नुहोस् भिडियो

 

 

 


  •  
  •  
  •