श्रेष्ठले सम्हाले प्रधानन्यायाधीशको कार्यभार

106
  •  
  •  
  •  

Kalyan Shresthaकाठमाडौं २३ असार (ओएनएस) : नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आजैदेखि पदभार ग्रहण गरेका छन् । राष्ट्रपति डा रामवरण यादवबाट राष्ट्रपति भवन शितलनिवासमा सपथ लिएप्छि सर्वोच्च अदालतमा पुगेर कार्यभार सम्हालेका हुन् । राष्ट्रपति यादवले बिहान आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।

kaylan shrestha2समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, पूर्व प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, प्रधानसेनापति, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

kalyan shrestha1मंगलबार प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको उमेर हद ६५ वर्ष पूरा भई सेवानिवृत भएपछि आज प्रधानन्यायाधीशमा श्रेष्ठको पदबहाली भएको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेपछि उनलाई यही असार १४ गते संसदीय सुनुवाइले प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।


  •  
  •  
  •