कालिमाटीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

424
  •  
  •  
  •  

काठमाडौं, वैशाख(ओएनएस) : काठमाडौं कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा प्रभु बैंकको कालिमाटी शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरिएको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले शुक्रबार एक समारोहकाबीच एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् ।

बैंकले कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषि तथा फलफुल व्यवसायीहरुसँग प्रत्यक्ष सम्पर्क सम्बन्ध स्थापित गरी बैंकिङ पहुँच विस्तार गरी कृषि क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने गरी अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले कालिमाटीमा आफ्नो एक्स्टेन्सन काउण्टर खोली सञ्चालनमा ल्याएको जनाएको छ ।

शुक्रबारदेखि सञ्चालनमा आएको बैंकको कालिमाटी एक्स्टेन्सन काउण्टरबाट कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिमा आवद्ध कृषी तथा फलफूल व्यवसायीहरु प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी प्रत्यक्ष रुपले लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।


  •  
  •  
  •