कालिकोटमा भिषण पहिरो ४ को मृत्यु, ६ वेपत्ता

164
  •  
  •  
  •  

kalikot_districtनेपालगञ्ज ७ जेठ (ओएनएस) : कालिकोटमा एउटा स्गिो बस्ति बगाउँदा ४ जनाको मृत्यु भएको छ । दजैनौ घर बगाएको छ । तीन ६ वेपत्ता भएका छन् । गएराती परेको वर्षाका कारण कालिकोटको कोटवाडा गाविसमा पर्ने गजबजार र लालिघाटमा पहिरो गएको हो । घाइतेलाई उपचारको लागि कालिकोट स्थिति जिल्ला अस्पताल ल्याएको छ । अन्य ६ जना हराईरहेको आशंका छ ।

मृत्यु भएकाहरुको सनाखत नभएको कालीकोटका प्रमूख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले जानकारी दिए । हराईरहेकाहरुको खोजी कार्य भइरहेको छ । तर कर्णाली राजमार्गको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण उद्धारमा समस्या भएको छ ।

कर्णाली कोरिडोर बाटो खन्नको लागी क्याम्प बनाएर बसेको नेपाली सेनाले उद्धार गरिरहेको छ । हिजो दिनभरको वर्षात भएको राती दुई बजे तिर पहिरो आएको बताईएको छ ।

अहिले उद्धारका लागि प्रमूख जिल्ला अधिकारी सहितको टोली घटना स्थल तर्फ गएको छ । एक्कासी ठूलो मात्रामा परेको अविरल वर्षापछि आएको बाढीमा ५० करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । रातीको समय बजारको दायाँ र बाँया ठाउँबाट आएको बाढीका कारण सथानीय सुरक्षित स्थानममा भाग्न समेत सकेका थिएनन् । ‘


  •  
  •  
  •