अत्याधिक मदिरा सेवन गरेर बाबुले घरमा आगो लगाए, दुई छोराको मृत्यु

52
  •  
  •  
  •  


कालिकोट । कालिकोटमा घरायसी विवादका कारण बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ भने एक छोरा घाइते भएका छन् ।

जिल्लाको नरहरिनाथ गाउँपालिका–७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
मृत्यु हुनेमा उनका १२ वर्षीय छोरा गणेश बटाला र ७ वर्षीय मनबहादुर बटाला रहेका छन् । त्यस्तै अर्का ४ वर्षीय छोरा खगेन्द्र बटाला घाइते भएका छन् । घाइते खगेन्द्रको नरहरिनाथ स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

अत्याधिक मदिरा सेवन गरेका भैरेले घरायसी झगडाका कारण बुधबार बिहान चारबजे बजेतिर आगो लगाएको प्रहरीले जनाएको छ ।

उनले घर आगो लगाए लगतै विष सेवन गरेका थिए । गम्भीर अवस्थामा रहेका उनको उपचार भइरहेको छ ।


  •  
  •  
  •