कालिकोट टिप्पर दुर्घटनाः मृतकको संख्या ३ पुग्यो

323
  •  
  •  
  •  

काठमाडौं । कालिकोटमा बुधबार बिहान भएको टिप्पर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारको लागि ल्याइएको महिलाको मृत्य भएको हो । मृत्यु भएकी महिलाको परिचय भने खुल्न बाँकी छ । दुर्घटनाका गम्भिर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको थियो ।

रास्कोट नगरपालिका वडा नम्बर २ का निस्पता सार्की र सोही ठाउँका मिन सार्कीलाई उद्धार गरी काठमाडौं ल्याइएको थियो । निस्पताको दाहिने खुट्टा छिनेको थियो भने बायाँ कोखामा प्वाल परेको थियो।

दुर्घटनामा कालीकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्कीको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी हराएका तीनमध्ये एकजना सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

घर फर्किएका ३९ जनालाई क्वरेण्टीनमा पुर्याउन लालिघाट बजारबाट रास्कोट नगरपालिकाका लागि छुटेको टिप्पर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते ६ जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।


  •  
  •  
  •