कालिकोटमा सीमा क्षेत्रबाट उद्धार गरिएका नेपाली सवार टिप्पर दुर्घटना

205
  •  
  •  
  •  

काठमाडौं । कालिकोटमा टिप्पर दुर्घटना भएको छ । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लैजादै गरेको टिप्पर बुधबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले केहीको जिवितै उद्धार गरेका छन् ।

कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको हो ।

दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले कर्णालीमा बग्दै गरेका केहीलाई जिवितै उद्धार गरेका छन् । रास्कोट जानका लागि साना गाडी मात्र उपलब्ध भएको र भारतबाट आएकाहरुको संख्या धैरै भएपछि टिप्परमा राखेर लगिदैं थियो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


  •  
  •  
  •