कालीकोटमा फेरि कर्फ्यु

291
  •  
  •  
  •  

कालीकोट, ९ पुस (ओएनएस) : कालीकोटमा फेरि कर्फ्यु लगाइएको छ । म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको कर्फ्यु बिहान दुई घण्टाको लागि हटाइएको भएपनि फेरि अर्को आदेश नहुञ्जेलका लागि पुनः लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कर्फ्यु हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार बिहान १० बजेसम्म अवस्था हेरी स्थगित कर्फ्यु स्थिति नियन्त्रणमा नआउने अवस्था भएपछि पुनः अर्को सूचना नहुँदासम्मका लागि थप गरिएको बताए ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेका समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नाका साथै ढुंगामुढा प्रहार भएपछि ४ बजेदेखि कर्फ्यु लगाइएको थियो ।
आन्दोलनकारीले शनिबार राति कर्फ्यु जारी भएको अवस्थामा सशस्त्र प्रहरी गण रहेको भवनमा आगजनी गरेका छन् । त्यहाँ सशस्त्र प्रहरी जुम्लाबाट बोलाइएको छ ।


  •  
  •  
  •