
लमजुङ । लमजुङ बेसिशहर नगरपालिका ११ स्थित चितीमा ‘कालिका अगरवत्ती उद्योग’ सञ्चालनमा आएको छ ।
सात लाख रुपैयाँको लगानीमा उक्त उद्योग सञ्चालनमा आएको हो । सो उद्योगबाट अहिले दैनिक रुपमा अगरबत्ती उत्पादन हुँदै आएको छ ।
उद्योगका सञ्चालक सिर्जना अधिकारीले कालिका अगरबत्ती उद्योगबाट उत्पादित अबरवत्ती सुगन्धित र गुणस्तरिय भएको बताइन् ।
अहिले लमजुङका शहरदेखि गाउँसम्मलाई केन्द्रीत गरेर अगरवत्ती उत्पादन भइरहेको उनले बताइन् । उद्योगमा अन्य व्यक्तिहरुलाई पनि रोजगारी दिन लागिएको सञ्चालक अधिकारीको भनाइ छ ।
