लमजुङको चिति त्रिवेणी धाममा १००८ कलश यात्रा हुने

433
  •  
  •  
  •  

लमजुङ । विगत वर्षहरुमा झैँ यस वर्षपनि लमजुङको चिति त्रिवेणी धाममा १००८ कलश यात्रा हुने भएको छ ।

चिति साहित्य समाजको आयोजनामा यहि साउन २७ गते हुने कलश यात्रामा चिति रामचोकबेसीस्थित त्रिबेणी धामबाट गंगा जल ल्याई शिवलिंगमा जलार्पण गर्ने कार्यक्रम रहेको छ ।

साहित्य समाजका अध्यक्ष स्थिरबाबु घिमिरेले यस वर्षपनि पवित्र धार्मिकस्थल त्रिवेणीधामबाट गंगा जल ल्याई शिवलिंगमा जलार्पण गर्न लागिएको बताए ।

धार्मिक, आध्यात्मिक एंव पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले आयोजना गर्न लागिएको कलश यात्रामा सहभागि हुन अध्यक्ष घिमिरेले समस्त लमजुङबासीहरुलाई आग्रह गरेका छन् ।

जल अर्पणपछि शिवको महिमा सम्बन्धी प्रवचन एवं भजन किर्तनका साथै शिव पार्वतिको झाँकि पनि हुनेछ । गत वर्षहरुमा भन्दा यस वर्षको बोलबम यात्रामा भक्तजनहरुको उल्लेख्य सहभागिता हुने अपेक्षा राखिएको छ ।

 

हेर्नुहोस् गत वर्षको कलश यात्राको भिडियो


  •  
  •  
  •