सुदूरपश्चिम सरकारले कालापानी, लिम्पीयाधुरा र लिपुलेक जाने बाटो निर्माण गर्ने

66
  •  
  •  
  •  

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपालको भूमि भएर कालापानी, लिम्पीयाधुरा, लिपुलेक जाने बाटो निर्माण गर्ने भएको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले कालापानी, लिम्पीयाधुरा, लिपुलेक जाने तम्बाखु–मौराभेल–दोपक्षय क्षेत्रमा तत्काल बाटो निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयबाट स्थानीय व्यास गाउँपालिकालाई ३० लाख रकम दिने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंहका अनुसार चालु अर्थिक वर्षभित्रै सम्पन्न हुने गरी स्थानीय उपभोक्तामार्फत गाउँपालिकाले बाटो बनाउने छ ।

संघीय सरकारले घोडेटो निर्माण गर्ने अलग्गै योजना भएपनि तत्काल नेपाली भूमीमा जान आउन नेपाली बाटो नहुँदा स्थानीयले भोग्नुपरेको समस्यालाई मध्यनजर गरेर प्रदेश सरकारले सो रकम छुट्टाएको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशसभाको छैटौं अधिवेशन (बजेट अधिवेशन) आव्हानकालागि प्रदेश प्रमुखलाई अग्रह गर्ने निर्णय पनि गरेको छ ।


  •  
  •  
  •