‘एकपक्षीय ढंगबाट गरिने निर्णय सरकारलाई मान्य हुने छैन’

105
  •  
  •  
  •  

काठमाडौं । भारतले हालै जारी गरेको नयाँ नक्साबारे नेपाल सरकारले औपचारिक धारणा सार्वजनिक गरेको छ । बुधबार साँझ विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भारतीय नक्सामा कालापानी समेटिएको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्नेमा नेपाल सरकार स्पष्ट छ । दुई देशबीच टुंगिन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ ।’

परराष्ट्रले दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज तथ्य प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्नेमा नेपाल दृढ रहेको उल्लेख गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

 


  •  
  •  
  •