कंलकीमा रोकि राखेको ट्रकमा कुखुरा बोक्ने गाडी ठोक्कियो, तीन जनाको मृत्यु

467
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंस्थित कंलकीमा रोकिराखेको ट्रकमा कुखुरा बोक्ने गाडी ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

मकालु पेट्रोल पम्प अगाडि बिहीबार बिहान पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किएको हो । मृत्यु हुनेमा कुखरा बोक्ने गाडीमा सवार नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेका छन् ।

यस्तै सोही गाडीमा सवार नुवाकोटका विजय तामाङ गम्भीर घाइते भएका छन् । घाइते ४ जनालाई कलंकीस्थित सहिद अस्पताल लगिएको थियो । तीन जनाको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । दुवै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।


  •  
  •  
  •