सुरुङभित्र फसेका तीन मजदुरको शव निकालियो

92
  •  
  •  
  •  

बझाङ । बझाङको कालंगा हाइड्रो पावरको सुरुङभित्र फसेका मजदुरमध्ये तीनजनाको शव निकालिएको छ ।
अन्य थप एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सुरूङभित्र फसेका मजदुरको उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नौ जनाको टोली सोमबार घटनास्थलमा पुगेको थियो ।

बझाङको बुंगल नगरपालिका–२ दाडिम दहबगरमा रहेको कालंगा जल विद्युत् को निर्माणाधीन इनलेट सुरुङभित्र चार जना कामदार आइतबार दिउँसोदेखि फसेका थिए । प्रहरी र स्थानीयले आइतबारदेखि उद्धार प्रयास गरेपनि सफल हुन सकेको थिएन् ।


  •  
  •  
  •