कैलाली– २ मा मतगणना पुनः सुरु

168
  •  
  •  
  •  

काठमाडौं, २६ मंसिर (ओएनएस) : कैलाली क्षेत्र नं २ को मतगणना कार्य पुन : सुरु भएको छ । कोटातुल्सीपुरको बुथमा मुचुल्कामा उल्लेख भएको भन्दा १ सय ९ मत कम भेटिएपछि विवाद बढ्दा मतगणना कार्य स्थगित भएको थियो ।उक्त निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार झपटबहादुर रावल र कांग्रेसका उम्मेदवार महोनसिंह राठोर वीच प्रतिस्पर्धा भईरहेको छ ।

मतगणना कार्य स्थगित हुदा सम्म रावले १३ हजार २ सय ८६ मत प्राप्त गरेका छन् भने राठोरले ११ हजार १ सय ८८ मत प्राप्त गरेका छन् ।


  •  
  •  
  •