कलाकार संघका अध्यक्षसहितको टोली कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

506
  •  
  •  
  •  

काठमाडौं । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष कलाकार रवीन्द्र खड्कासहितको टोली नेपाली कांग्रेसमा प्रवेश गरेको छ।

रवीन्द्र खड्कासहित नायक भुवन केसी, नायिका श्वेता खड्का र उनका पिता विजयन्द्र रहेका छन्।

उनीहरू मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस प्रवेश गरेका हुन्।

उनीहृरू प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्।
कार्यक्रममा कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाह पनि पुगेका थिए।


  •  
  •  
  •