कला र संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध : भट्टराई

1667
  •  
  •  
  •  

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कला र संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मन्त्री भट्टराईले ललितपुरको मंगलबजारमा सोमबारबाट शुरु भएको ४ दिने ‘सार्क हस्तकला प्रदर्शनी तथा कार्याशाला गोष्ठी’ को उद्घाटन गर्दै मन्त्री भट्टराईले कला र संस्कृतिको संरक्षण गरेर सरकारले मुलुकको समृद्धिमा योगदान दिन चाहेको बताए । उनले ललितपुरलाई कला र संस्कृतिको जीवित म्युजिमयको रुपमा चित्रण गरे ।

ललितपुरसहित काठमाडौं उपत्यकाको कला र संस्कृतिले विश्वकै पर्यटकहरुलाई आर्कषण गरिरहेको उनले बताए ।
मन्त्री भट्टराईले कला र संस्कृतिको धनी भएकाले पनि नेपालमा पर्यटन विकासको अधिक सम्भावना रहेको बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले ललितपुर विश्वकै सम्पदाहरुको नमूना सहर भएको बताए ।

कला र संस्कृतिको मूल थलोको रुपमा रहेको ललितपुरलाई त्यसकै माध्यामबाट समृद्ध बनाउने प्रतिबद्धता उनले प्रतिवद्धता व्यक्त गरे ।

प्रदर्शनीमा बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्सलगायतका देशको पनि स्टल राखिएका छन् । प्रदर्शनी ४ दिनसम्म चल्नेछ ।


  •  
  •  
  •