रिमोट कन्ट्रोल र कुकर बमसहित दुई जना पक्राउ

328
  •  
  •  
  •  

सिरहा,१२ (ओएनएस) :   सिरहामा रिमोट कन्ट्रोल र कुकर बमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिष्णुपुर गाउपालिका ६ महावीर चोकवाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विष्णुपुर १ का ४० वर्षका तेजनारायण यादव र सोही गाउपालिका ६ वस्ने संजयकुमार रायलाई प्रहरीले पक्राउ गरेको हो । यादवलाई रिमोटसहित पक्राउ गरेपछि रायको पसलमा रिमोट कन्ट्रोल मार्फत चल्ने बम फेला पारेको प्रहरीले जनाएको छ ।रायलाई प्रहरीले नियन्त्रणमा लिइ अनुुसन्धान गर्दा कुकुर बम धानवारीमा गाडेर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

घटनाको सम्वन्धमा प्रहरीले थप अनुसन्धान अघाडी बढाएको छ ।


  •  
  •  
  •