‘दिलवाले’का लागि नायीका काजोलले लिइन् ८ करोड

206
  •  
  •  
  •  

Kajol-shahrukhकेही समय पहिले ‘दिलवाले दुल्हनिया ले जायंगे’ को मुम्बईका चलचित्र भवनहरूमा १ हजार भन्दा बढि हप्ता चल्ने रेकर्ड बनेपछि शाहरूख खानको साथै काजोल पनि देखिएकी थिइन् ।

‘कुछ कुछ होता है’ मा यी दुईको जोडीलाई आज पनि सम्झने गरिन्छ । दर्शकहरूले यी दुईलाई चाँडै नै रोहित शेट्टीको नयाँ चलचित्र दिलवालेमा देख्न पाउने भएका छन् । तर, बलिउडमा यो विषयभन्दा काजोलले चलचित्रका लागि लिएको पारिश्रमिकले बढि चर्चा बटुलेको छ । उनले यस चलचित्रका लागि ८ करोड रूपैयाँ लिएकी छिन् ।

यति धेरै पारिश्रमिक बलिउडमा चर्चित नायिकाहरूको मात्र रहेको छ । कट्रिना, करिना, कंगानाहरूको पारिश्रमिक लगभग ८ करोड हुने गरेको छ । यता काजोल चलचित्रको पर्दाबाट टाढा रहेकी छिन् भने उनको स्टार भ्याल्यु पनि छैन् । उनी र शाहरूखले जुनबाट चलचित्रको शुटिङ थाल्नेछन् ।


  •  
  •  
  •